16 July ,2025,Wednesday

मधेश प्रदेशद्वारा वन क्षेत्र सुधार अभियान आरम्भ

धनुषा, ३१ असारः मधेश प्रदेश सरकारले वन क्षेत्र सुधारको अभियान सुरु गरेको छ । वन निर्देशनालयको आयोजनामा वार्षिक तथा चौथो त्रैमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रममा मन्त्रालयले विभिन्न जिल्लामा सञ्चालन भएका योजनाको वार्षिक प्रगति प्रतिवेदन र समीक्षा प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले पारदर्शी, जवाफदेही र जनमैत्री बन प्रशासन निर्माण गर्न सबै सरोकारवालाको साझा पहल आवश्यक रहेको बताउनुभयो । उहाँले अब सबै जिल्लामा वनसँग सम्बन्धित राजस्व उठाउन सबैले प्रयास गर्न आवश्यक छ ।
मन्त्री यादवले भन्नुभयो, “जस्तोसुकै अवस्थामा पनि राज्यको समृद्धिका लागि वन संरक्षण र राजस्व वृद्धि अत्यावश्यक छ । ‘सेटिङ’ शब्दलाई वन प्रणालीबाट जरैदेखि हटाउनु जरुरी रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले वन कर्मचारीको काँधमा ठूलो जिम्मेवारी रहेकोे उल्लेख गर्दै वन क्षेत्रलाई कसरी राम्रो गर्ने भन्नेतर्फ लाग्न सबैमा आग्रह गर्नुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन अतिक्रमण क्षेत्रको व्यवस्थापनका लागि विशेष ध्यान दिन जरुरी रहेकोे बताउनुभयो ।
वन निर्देशनालयका निर्देशक जगरनाथ जैसवालले आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख ५७ हजार ९५१ बिरुवा उत्पादन, ३८४.८३ हेक्टरमा वृक्षरोपण, १७५ हेक्टरमा रहेको अतिक्रमण हटाउन सफल र राजस्व सङ्कलन रु १२ करोड ८९ लाख ९९ हजार रहेकोे उहाँले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...