18 July ,2025,Friday

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज, १ साउन : सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ ।
यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो । एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे ¥याकबाट सामान आयात र निर्यात हुने गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताउनुभयो ।
यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयल गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...