13 September ,2025,Saturday

नेशनल मेडिकल कलेजद्धारा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई

वीरगंज, १ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहका बिच सम्मानपूर्वक विदाई गरेको छ ।

पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनिय योगदान पुर्याएको भन्दै कलेज प्रशासनले धिमालको सम्मान सहित विदाई कार्यक्रम आयोजना गरेको हो ।

कलेजका अध्यक्ष प्रोफेसर डा.जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलेजका प्रबन्ध/निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डाक्टर ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर के.एन. सिंह लगायत पर्सेली सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाललाई स्मरणीय बताउँदै, वीरगंजको शान्ति सुरक्षामा उनको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रम समापनमा उपरीक्षक धिमालले पनि नेशनल मेडिकल कलेज प्रति आभार प्रकट गर्दै, सामाजिक संस्थाहरूको साथले प्रहरी प्रशासनको काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...