29 July ,2025,Tuesday

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट

पर्सा, १२ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट भएको छ ।
मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले गत आवमा भएको कार्यसम्पादन सम्झौताबमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौताबमोजिम सर्वोत्कृष्ट जिल्ला भएको जानकारी दिनुभयो ।
“मधेस प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुबीच भर्चुअल माध्यमबाट गत आवको वार्षिक कार्यसम्पादन सम्झौता अनुसार कार्य प्रगति विवरणको समीक्षा गरिएको थियो”, उहाँले भन्नुभयो, “सो समीक्षामा कार्यसम्पादन सम्झौताबमोजिम पर्सा जिल्ला सर्वाेकृष्ट भएको छ ।” मधेस प्रदेश प्रहरी प्रमुख चतुर्वेदीले अन्य मातहत कार्यालयलाई समेत वार्षिक कार्यसम्पादन सम्झौताबमोजिम आफ्नो लक्ष्यअनुसार पूरा गर्नुपर्ने कार्यहरुमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।
४० बुँदामा केन्द्रित कार्यसम्पादनलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा पर्सा प्रहरी ९०.१९ प्रतिशत अङ्कको साथमा सर्वाेत्कृष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा गत आवमा करिब रु ६० करोड मूल्यका भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरिएको जनाइएको छ ।
मिश्रले सङ्गठनको टिमवर्कका कारण यो सफलता हात पार्न सकेको बताउनुभयो । प्रमुख मिश्रले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै भन्सार छली तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी र मानव बेचबिखन ओसारपसार जस्ता अभियान सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । “गत आवभरिमा विभिन्न अदालतबाट भएका फैसलाको फरार भएका एक हजार ५११ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयन गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका फरार प्रतिवादीको ७३ वर्ष दुई महिना कैद तथा रु तीन करोड ५५ लाख १२ हजार ९५६ जरिवाना समेत असुलउपर गरेका छौँ ।” रासस
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...