29 December ,2025,Monday

२४ किलो गाँजासहित दुर्ईजना पक्राउ

वीरगंज, १४ साउन । २४ किलो गाँजासहित दुईजना पक्राउ परेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ थली टोलका अन्दाजी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका छन् । निजगढ नगरपालिका वडा नम्बर ११ स्थित पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रबाट मंगलवार राति करिब ११ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन । प्रहरी टोलीले शंकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी हिंडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा चारवटा छुट्टाछुट्टै पोकामा प्याक गरिएको जम्मा २४ किलोग्राम गाँजा फेला पारेको जानकारी निरीक्षक लामिछानेले जानकारी दिएका छन। उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाईका लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल