2 August ,2025,Saturday

पर्साका किसानलाई राहत दिन गण्डक नहरको सरसफाई शुरु

वीरगंज, १५ साउन । जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारको विशेष पहलमा नौतन, लक्ष्मनवा र भेडियाही जाने नहरको सफाई शुरू भएको छ ।
नहर सरसफाईपछि नहरको पानी भेडियाही र लक्षमनवासम्म पुग्ने र सो क्षेत्रका किसानहरुले आफ्नो खेतमा सिंचाइ गर्न पाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको जिल्ला समन्वय समिति, पर्साले नारायणी सिंचाई व्यवस्थापन कार्यालय, बीरगंज, पर्सालाई नहर व्यवस्थित बनाई दिन पत्राचार गरेको थियो ।
नारायणी सिंचाई व्यवस्थापन कार्यालय, बीरगंज पर्साको ब्लक नं.–७ को एमएससी अन्तर्गत पर्ने प्रसौनी, गण्डक देखि दक्षिण र पूर्व शितलामाई मन्दिर सम्ममा प्रशस्त फोहर थुप्रेको र अत्यधिक मात्रामा झारपात उम्रेकोले पानी संचालन कार्य प्रभावकारी रूपमा हुन सकेका छैन । नहर सरसफाइ गर्न एक्साभेटर पठाई नहरलाई व्यवस्थित बनाई दिनुहुन जिल्ला समन्वय समिति, पर्साका सभापति सोनारले नारायणी सिंचाइलाई अनुरोध गरेको थियो ।
सोही अनुरोध बमोजिम गण्डक नहरको सरसफाइ भइरहेको र तीन दिनभित्र नौतन, लक्ष्मनवा र भेडियाही क्षेत्रको गण्डक नहरमा पानी आइपुग्ने र त्यसपछि सो क्षेत्रका किसानहरुले आफनो खेत सिंचाइ गर्न पाउने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...