2 August ,2025,Saturday

नेशनल मेडिकल कलेज र हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्रा लिमिटेड बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न

वीरगंज, १६ साउन । नेशनल मेडिकल कलेज वीरगंज र हुलास आइरन इन्डस्ट्रीज लिमिटेड तथा हुलास इन्फ्रा लिमिटेड बीच कर्मचारी तथा आश्रितहरूलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एक आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।

नेशनल मेडिकल कलेजको दर्ता कार्यालय, बीरगञ्ज–१५ मा सम्पन्न भएको औपचारिक सम्झौता कार्यक्रममा अस्पतालको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास तथा प्रशासनिक अधिकृत बिश्वनाथ कान्त तथा हुलास आइरन इन्डस्ट्रीज लिमिटेड र हुलास इन्फ्राका तर्फबाट वरिष्ठ मानव संसाधन प्रबन्धक गोकुल पौडेल तथा लेखा विभागका प्रतिनिधि मनोज पारिख लगायतको उपस्थित रहेको थियो ।

सम्झौता अनुसार, हुलास आइरन इन्डस्ट्रीजर हुलास इन्फ्राका सञ्चालक समिति सदस्य, कर्मचारी र उनीहरूको प्रत्यक्ष आश्रितहरू (बाबु–आमा, श्रीमान रश्रीमती र दुई जना सन्तान) ले नेशनल मेडिकल कलेजबाट नगदरहित सेवा प्राप्त गर्न सक्नेछन्। सामाजिक सुरक्षा कोष (SSF)  अन्तर्गतका लाभार्थीहरूका लागि सामाजिक सुरक्षा कोषको समन्वयमा सेवा उपलब्ध गराइनेछ भने गैर –SSF लाभार्थीहरूलाई विभिन्न छुटको व्यवस्था गरिएको छ।

आपतकालीन अवस्थाहरूमा Guarantee of Payment (GOP) प्राप्त भएपछि तुरुन्त सेवा उपलब्ध गराइनेछ। औद्योगिक दुर्घटना, पूर्व–रोजगार चेकअप, वार्षिक स्वास्थ्य परीक्षण तथा त्रैमासिक निःशुल्क स्वास्थ्य शिविर पनि सहमतिको हिस्सा रहेका छन्।

सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। दुबै पक्षले पारदर्शिता र गोपनीयताको सिद्धान्तमा आधारित रहेर सेवा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

यो सहकार्यले निजी क्षेत्रका कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत पुग्ने र उद्योग–स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको नेशनल मेडकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...