3 August ,2025,Sunday

सिमरामा अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता हुने

वीरगंज, १६ साउन । सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । क्लबले शनिवार पत्रकार सम्मेलनमा प्रतियोगितावारे जानकारी गराएको हो । क्लब अध्यक्ष राजकपुर राउतका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिड्ढो कुरूसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागीता रहने र रात्री समयमा प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपियाँँ र उपविजेताले दुर्ई लाख ५० हजार रुपियाँँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वाेत्कृष्ट खेलाडीलाई एक लाख रुपियाँँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपियाँँ पुरस्कार प्रदान गरिनेछ । चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवद्र्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता शुरू गरेको हो । कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले पछिल्लो समय महिला फुटबलप्रति बढ्दो आकर्षण देखिएको बताए । उनले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने धारणा राखे । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की अध्यक्ष चयन गुरूङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका हरी चौधरीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...