वीरगंज, १९ साउन । भूमि आयोग पर्साले सोमवारदेखि पर्सा जिल्लाको ठोरी गाउँपालिकामा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि जग्गा नापजाँच कार्यको शुरु गरेको छ। भूमि आयोग पर्साका अध्यक्ष तबरेज आलमले नापजाँच कार्यको उदघाटन गरेका हुन् । कार्यक्रम ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भूमिहीनको समस्यालाई केवल जमिनको विषयमा सीमित नराखी, मौलिक, समानता र सामाजिक न्यायको अधिकारको रूपमा लिइनुपर्ने बताए । उनले यसपालिको टीकासँगै लालपुर्जा पनि वितरण गरिने बताए । कार्यक्रममा भूमि आयोगका सदस्य–सचिव दिपक सिंह, वरिष्ठ नापी अधिकृत राजकुमार बि.क., नापी सर्वेक्षक मधुरेन्द्र झा, सुब्बा राजेन्द्र खड्कालगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।