29 December ,2025,Monday

वीरगंजमा “एक घर, एक बिरुवा” अभियान अन्तर्गत फलफूलका बिरुवाहरु निशुल्क वितरण

वीरगंज २१ श्रावण।
वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार फलफूलका बिरुवा निशुल्क वितरण गरिएको छ।
महानगरको यो अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन घण्टाघर चोकमा आयोजना गरिएको कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंह आफैं सहभागी भई स्थानीयवासीलाई बिरुवा वितरण गर्नुभयो। कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल जस्ता लोकप्रिय फलफूलका प्रजातिहरूका बिरुवा वितरण गरिएको हो ।
“हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं,” महानगर प्रमुख सिंहले कार्यक्रममा भन्नुभयो, “हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”
महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, र यसको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो।
महानगरपालिकाले अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा व्यक्तिगतरूपमा इच्छुक घरधुरीहरुलाई बिरुवा उपलब्ध गराएको हो ।
स्थानीयबासीले महानगरको यस प्रयासको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल