7 August ,2025,Thursday

खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा नगवास्थित गणेश टोलमा डीप बोरिङ जडान

शैलेश गुप्ता

वीरगंज, २१ साउन । भूसतहको पानी सुक्दा चापाकलहरूले काम गर्न छोडेपछि पानीको सङ्कटमा परेका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै स्थानीय युवा नेता अरुण यादवको पहलमा मन्त्री यादवले निर्देशन दिएपछि डीप बोरिङ जडान गरिएको हो ।

नयाँ जडान भएको डीप बोरिङको उद्घाटन हिन्दु धर्म संस्कृति अनुसार पूजापाठ गरी सम्पन्न भएको मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए । साहका अनुसार, डीप बोरिङबाट पानी वितरणका लागि पाइपलाइन विस्तारको कार्य पनि आजैबाट सुरु भएको छ । बोरिङबाट कम्तीमा एक सयभन्दा बढी परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको साहले बताए ।

डीप बोरिङ जडानसँगै नजिकै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की पनि स्थापना गरिने योजना रहेको सचिव साहले बताए । ट्याङ्कीले पानी भण्डारण र वितरणलाई थप सहज बनाउने विश्वास गरिएको छ ।

डीप बोरिङ जडान र पाइपलाइन विस्तारको कार्यले गणेश टोलका बासिन्दामा उत्साह छाएको छ । स्थानीयवासीले पानीको नियमित आपूर्ति हुने भएपछि आफूहरूको दैनिक जीवन सहज हुने अपेक्षा गरेका छन् । साथै, उनीहरूले यस्ता जनमुखी कार्यलाई निरन्तरता दिन मन्त्री यादवसँग आग्रह गरेका छन् ।

स्थानीयवासीहरूले डीप बोरिङ जडानले आफूहरूको दैनिक जीवनमा ठूलो राहत पुग्ने भन्दै खुसी पनि व्यक्त गरेका छन् । स्थानीय पाशपति देबी जयसवालले भनिन्, “पानीको सङ्कटले हाम्रो दैनिकी निकै कठिन भएको थियो । खानेपानी मन्त्री प्रदीप यादवज्यूको निर्देशनमा यति छिटो बोरिङ जडान भएर हाम्रो समस्या समाधान भएको छ । हामी उहाँप्रति हृदयदेखि आभारी छौँ ।”

त्यस्तै स्थानीय राहुल गिरीले पनि मन्त्री यादवको तदारुकता र छिटो–छरितो कार्यशैलीको प्रशंसा गर्दै कार्यले समुदायमा ठूलो परिवर्तन ल्याएको बताए ।

मन्त्री यादवका स्वकीय सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा वीरगञ्ज महानगरपालिकालगायत पानीको सङ्कट झेलिरहेका पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूमा हालसम्म तिन सय भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन् । बोरिङहरूले हजारौँ परिवारलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरेको छ ।

“मन्त्रीज्यूको प्राथमिकता नै जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो । खानेपानीको समस्या समाधानका लागि उहाँले निरन्तर प्रयास गरिरहनुभएको छ,” साहले भने ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...