16 September ,2025,Tuesday

विश्व स्तनपान सप्ताहको अवसरमा नेशनल मेडिकल कलेजमा विभिन्न कार्यक्रम

वीरगंज, २२ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजले विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बाल रोग विभागको नयाँ वार्ड उदघाटन, शिशु सहित आमाहरूको सम्मान, तथा विद्यार्थीहरूद्वारा प्रस्तुत स्तनपान सम्बन्धी शैक्षिक कार्यक्रमहरु गरिएको थियो । कार्यक्रममा आमाहरूको मातृत्वको सम्मानस्वरूप स्मृतिचिन्ह र तस्बिर प्रदान गरिएको थियो । स्तनपानको महत्ववारे सचेतनामूलक स्वास्थ्य शिक्षा सत्रहरू सञ्चालन गरियो, जसबाट सहभागी आमाहरू र स्वास्थ्यकर्मीहरूले उपयोगी जानकारी प्राप्त गरेका थिए । विद्यार्थीद्वारा प्रस्तुत शैक्षिक कार्यक्रममार्फत स्तनपान सम्बन्धी जनचेतना अभिवृद्धिमा गरिएको थियो । कार्यक्रममा प्रबन्ध निर्देशक सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रूबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारी, नर्सिङ डाईरेक्टर, भाईस प्रिन्सिपल, सि.आई.ओ., म्याट्रोन, विभिन्न विभाग प्रमुखहरू, साथै प्रशासन, नर्सिङ र मार्केटिङ टिमका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...