वीरगंज, २३ साउन । बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, पर्साले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँँपालिका २ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेको प्रहरीले जनाएको छ । साहले साउन २१ गते बिहान ठोरीस्थित जंगलमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । बाख्रा चराउन गएकी बालिकालाई एक्लै पारेर १० रुपियाँको नोट दिई फकाउँदै जबरजस्ती करणी गरेको जाहेरी परेपछि साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । बालिकाको जाहेरीका आधारमा पक्राउ परेका साहमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धान थालिएको प्रवक्ता लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।