29 December ,2025,Monday

पत्रकार महासंघको भवन निर्माणमा वकिल समूहद्वारा अवरोध, आधा दर्जन पत्रकार घाइते

जनकपुरधाम २७ साउन । नेपाल पत्रकार महासंघ, मधेस प्रदेशको स्थायी कार्यालय भवन निर्माणका लागि तयारी भइरहेको जग्गामा मंगलबार केही वकिलहरूको समूहले जबरजस्ती अवरोध पुर्‍याएको छ। गुठी संस्थानसँग विधिवत रूपमा लिज सम्झौता गरिएको जग्गामा तारबार लगाउने काम भइरहेका बेला वकिलहरूले बल प्रयोग गरी काम रोक्न खोज्दा झडप भएको हो। यस घटनामा महासंघका अध्यक्ष श्याम बन्जारासहित आधा दर्जन पत्रकार घाइते भएका छन्।
महासंघका पदाधिकारीका अनुसार, धनुषा जिल्लाको जनकपुरधाममा रहेको गुठीको ४ कठ्ठा जग्गा महासंघलाई भवन निर्माणका लागि लिजमा दिइएको थियो। सोही जग्गामा तारबार लगाउन महासंघका पदाधिकारी र सदस्यहरू बिहानैदेखि उपस्थित थिए। अध्यक्ष बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, सचिव हदिस खुदार लगायतको उपस्थितिमा तारबारको काम भइरहेको थियो।
यसै क्रममा, कुनै आधिकारिक आदेश वा कानुनी प्रक्रियाबिना नै वकिलहरूको एक समूहले काम रोक्न खोजेको महासंघले जनाएको छ। महासंघका पदाधिकारीले कानुनी प्रक्रिया पूरा गरी सम्झौताका कागजातसहित काम गरिरहेको बताउँदै वकिलहरूबाटै कानुनको उल्लङ्घन हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
झडपका क्रममा महासंघ प्रदेश अध्यक्ष बन्जारा, महिला उपाध्यक्ष झा, महासचिव महतोसहित आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
महासंघले वकिलहरूको यो कार्यलाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको हक–अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ। घटनाबारे महासंघले स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र अन्य सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ। यस कार्यको स्थानीय सञ्चारकर्मी र सामाजिक अगुवाहरूले समेत विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल