29 December ,2025,Monday

बाराका पाँच पालिकामा खानेपानी संकट समाधानका लागि मन्त्री यादवको निर्देशन

शैलेश गुप्ता

वीरगंज, २९ साउन । बाराको पाँच पालिकामा लामो समयदेखि चलिरहेको खानेपानीको चरम संकट समाधान गर्न संघीय खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा डीप बोरिङ जडान कार्य सुरु गरिएको छ।

भू–सतहको पानी सुक्दा चापाकलहरू काम नलागेपछि पचरौता नगरपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाका स्थानीयवासी पानी अभावमा परेका थिए। यसलाई ध्यानमा राखी मन्त्री यादवले तत्काल डीप बोरिङ जडान गर्न निर्देशन दिएका हुन्।

स्वकीय सचिव हरिन्द्र साहका अनुसार, नयाँ जडान भएका डीप बोरिङहरूको उद्घाटन हिन्दू परम्परा अनुसार पूजापाठ गर्दै सम्पन्न गरिएको छ। साथै, पानी वितरणका लागि पाइपलाइन विस्तारको कार्य पनि सुरु भएको छ। प्रत्येक बोरिङबाट कम्तीमा ५० परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ।

डीप बोरिङसँगै दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की स्थापना गर्ने योजना पनि छ, जसले भण्डारण र वितरणमा सहजता ल्याउनेछ।

यो पहलले बाराका पाँच पालिकाका बासिन्दामा उत्साह थपेको छ। स्थानीयवासीहरूले नियमित पानी आपूर्ति हुने भएपछि दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवलाई धन्यवाद दिएका छन्। उनीहरूले यस्तो जनमुखी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

सचिव साहका अनुसार, मन्त्री यादवको कार्यकालमा हालसम्म ती पाँच पालिकाका विभिन्न वडामा ५० भन्दा बढी डीप बोरिङ जडान भइसकेका छन्। अन्य पालिकामा पनि पानीको समस्या देखिए खानेपानी मन्त्रालय तत्पर रहने उनले बताएका छन्।

“जनताको आधारभूत आवश्यकता पूरा गर्नु मन्त्रीज्यूको प्राथमिकता हो। खानेपानीको समस्या समाधानका लागि उहाँ निरन्तर प्रयासरत रहनुभएको छ,” साहले बताए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल