14 August ,2025,Thursday

एनएमसी र आईजीआई प्रुडेन्शियलबीच समझदारीपत्रमा हस्ताक्षर

वीरगंज, २९ साउन । नेशनल मेडिकल कलेज प्रा लि, वीरगंज र आईजीआई प्रूडेनशियल इनस्योरेन्स लिमिटेडबीच आज एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौता अनुसार आईजीआई प्रूडेनशियल इनस्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा स्वास्थ्य उपचार गर्दा बीमा सुविधा प्राप्त गर्नेछन। साथै दुवै पक्षले विरामीको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरेका छन।
कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा.रूबी श्रेष्ठ यासमिन र आईजीआई प्रूडेनशियल इनस्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले हस्ताक्षर गर्नुभएको हो।
उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्पmबाट प्रमुख सूचना अधिकृत. प्रदीप चौधरी,मार्केटिङ म्यानेजर जितेश चन्द्र दास,प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत प्पु सिंह तथा आईजीआई प्रूडेनशियल इनस्योरेन्सको तर्पmबाट. सहायक प्रबन्धक धनञ्जय कुमार ठोकर उपस्थित रहेको थियो।
सम्झौतापछि दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...