18 August ,2025,Monday

उत्कृष्ट इमानदारिता पुरस्कार सशस्त्र प्रनाउ सुब्बालाई प्रदान

वीरगंज, २ भदौं । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट इमान्दारिता पुरस्कार (बेस्ट इन्टेग्रेटी) सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरेको छ । सोमवार वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा उक्त पुरस्कार सुब्बालाई प्रदान गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष हरि गौतम तथा सशस्त्र प्रहरी महानिरीक्षक कृष्णप्रसाद ढकालले संयुक्त रूपमा २५ हजार रुपियाँँ राशीको उक्त पुस्कार सुब्बालाई प्रदान गरेका थिए । सुब्बा वीरगंज भन्सार कार्यालय परिसरमा स्थापित सशस्त्र प्रहरीको प्रस्तावित गुल्ममा कार्यरत थिए र हाल काठमाडौंस्थित सशस्त्र प्रहरीको मुख्यालयमा कार्यरत छन् । पर्सामा कार्यरत रहेका बेला ह्दयघातका कारण निधन भएका सशस्त्र प्रहरी उपरीक्षक स्व. थपलियाको सत्यनिष्ठा, इमानदारी र कर्तव्य परायणताको स्मृतिमा संघले पुरस्कारको स्थापना गरेको अध्यक्ष गौतमले बताए । उनले सुरक्षाकर्मीलाई इमानदार, निस्वार्थ र समर्पित भावनाले काम गर्न प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कारको स्थापना गरिएको बताए । कार्यक्रममा संघका उपाध्यक्ष आशीषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रूंगटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेशकुमार टिबडेवाल, प्रशासकीय अधिकृत मनोज उपाध्याय लगायतको सहभागीता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...