29 December ,2025,Monday

रास्वपा पर्सा ३ को सभापतिमा मनोज कुर्मी चयन

वीरगंज, ५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर ३ का सभापतिमा मनोज कुर्मी चयन भएका छन्। आज वीरगंजको कन्ट्री इन होटलमा रास्वपा पर्सा जिल्ला समितिले आयोजना गरेको निर्वाचन क्षेत्र नम्बर पुनर्गठन तथा पदपूर्ती कार्यक्रममा पोखरिया निवासी मनोज कुर्मी चयन भएका हुन। लामो समय शिक्षण पेसामा रहेका कुर्मीले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा शुरू गरेका थिए। कुर्मीलाई १ वर्ष अघि रास्वपा संगठन बिभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले एक कार्यक्रममा रास्वपामा प्रवेश गराएका थिए। समितिले उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा अरूण गुप्ता र तीन क्षेत्रीय सदस्य गरी सात सदस्यीय समिति गठन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समितिहरू पार्टीको मेरूदण्ड भएको हुँदा क्षेत्र बिस्तारले जिल्लामा पार्टी मजबुत हुने बताए। सभापति पन्तले जिल्लाका ३ वटा क्षेत्र गठन भइसकेको र आगामी ७ गते शनिवार ठोरीमा क्षेत्र ४ को क्षेत्रीय भेला मार्फत त्यहाँ पनि क्षेत्र गठन हुने बताए। पर्सा जिल्ला सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न भेलामा केन्द्रिय सदस्य डा नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुरुषोत्तम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी लगायतको उपस्थिति थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल