29 December ,2025,Monday

प्याब्सन पर्साद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

वीरगंज, १५ भदौ । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) पर्साले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको नेतृत्वमा केन्द्रीय सदस्य छेडुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सल्लाहकार इमामुद्दिन अहमद, सह–सचिव राम बाबु प्रसाद, पूर्व वरिष्ठ उपाध्यक्ष श्याम केसी, कोषाध्यक्ष प्रविन चौधरी, जिल्ला सचिव अशोक संग्रौला, सन्नी पाख्रीन लगायतका पदाधिकारीहरूको उपस्थिति थियो । ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनले निजी विद्यालयलाई बन्द गर्ने प्रावधान राखेको भन्दै आपत्ति जनाइएको छ।प्याब्सनका पदाधिकारीहरूले निजी विद्यालयहरूको अस्तिŒव, दिगोपन र शैक्षिक गुणस्तर सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै विधेयक तत्काल संशोधन गर्न माग गरे । ज्ञापनपत्रमा विद्यालय सञ्चालकहरूको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षक–कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने, पाठ्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने र शैक्षिक गुणस्तर उकास्ने खालको प्रावधान राखेर मात्र शिक्षा ऐन ल्याउनुपर्ने उल्लेख गरिएको छ। गृहमन्त्री लेखकले निजी विद्यालयहरूको मागलाई सम्बोधन गर्न सम्बन्धीत निकायसँग छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल