5 September ,2025,Friday

भूमि विधेयकविरूद्ध जसपाद्वारा प्रदर्शन

वीरगंज, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले बुधवार भूमि विधेयकको विरोधमा वीरगंजमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले भूमि विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरेका छन् । यो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दालाई बेवास्ता गरेको आरोप लगाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले ‘राष्ट्रियघाती भूमि विधेयक खारेज गर’ र ‘सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरूले तत्काल विधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन। जसपा पर्सा अध्यक्ष रामनरेश यादवको नेतृत्वमा भएको प्रदर्शनमा शशी कपुर मियाँँ, सिंहासन साह कलवार, करिमा बेगम लगायतको सहभागीता रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...