5 September ,2025,Friday

लायन्स क्लबद्वारा हैजा न्यूनीकरण सचेतना अभियान सफलतापूर्वक सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १९ भदौ । हैजाको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीको आयोजनामा, लायन्स क्लब अफ वीरगंज सुप्रिम, ह्युम्यानिटी, गेटवे, संस्कृतिगोल्डको सहआयोजनामा तथा नाटा वीरगंज र स्काउट वीरगञ्जको सहयोगमा एक विशेष सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम इन्दु लखा आधारभूत विद्यालय,कञ्चनजंघा इंग्लिस स्कूल र श्री माईस्थान विद्या पीठ माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रथम उप–जिल्ला गर्भनर लायन रामबिहारी पाण्डे, लायन अशोक बेरीवाल र लायन नरोत्तम पाण्डेको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन समन्वयकर्ता तथा लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका अध्यक्ष लायन उमेशकुमार शाह, सबै क्लब अध्यक्षहरू र सदस्यहरूको सक्रियता उल्लेखनीय रह्यो। साथै कार्यक्रम आयोजनामा विद्यालयका प्राचार्य मार्टिन मोक्तान तथा प्रशासनको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

लायन्स क्लब अफ वीरगंज सुप्रिमका अनुसार हैजा नियन्त्रण र सचेतना मार्फत सुरक्षित र स्वस्थ समुदाय निर्माण गर्न निरन्तर प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...