5 September ,2025,Friday

वीरगंज महानगरपालिकाद्वारा हैजा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम

अभिलाष गुप्ता

वीरगंज, १९ भदौ । वीरगंज महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हैजासम्बन्धी जोखिम, कारण, बच्ने उपाय र नियन्त्रणका सम्भावित रणनीतिबारे सुझाव संकलन गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले झाडापखाला जस्तो देखिने हैजा सामान्य रोग नभई गम्भीर प्रकृतिको हुने हुँदा समयमै उपचार र सचेतना आवश्यक रहेको बताए। उनका अनुसार दूषित पानी वा फोहोरबाट हैजाको जीवाणु संक्रमण भई केही घण्टादेखि पाँच दिनभित्र लक्षण देखापर्ने गर्छ। हैजाको पहिलो स्रोत फोहोर पानी, ताल–तलाउ तथा अस्वच्छ वातावरण हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिइयो।

सुझाव स्वरूप,शौचालयमै दिसापिसाब गर्ने,फोहोर व्यवस्थापनलाई उचित ठाउँमा गर्ने, दिसा–पिसाबपछि साबुन–पानीले राम्रोसँग हात धुने,खाना पकाउनुअघि हात सफा गर्ने,पानी उमालेर मात्र पिउने,काँचै खाने तरकारी तथा सलाद राम्ररी धोइपखाली मात्र खानेआदि व्यवहारिक उपाय अपनाउन आह्वान गरिएको थियो।

झाडापखाला र हैजाको प्रकोप देखिएपछि वीरगंज महानगरपालिकाले आफ्नो प्रयोगशाला मार्फत खानेपानी परीक्षणको काम सुरु गरेको छ। दूषित पिउने पानी नै संक्रमणको प्रमुख कारण हुनसक्ने आशंकामा वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन गरी परीक्षण भइरहेको छ।

माइक्रोबायोलोजिस्ट अजय मण्डलको नेतृत्वमा प्राविधिक टोलीले संकास्पद क्षेत्रका धाराबाट पानी संकलन गरी प्रयोगशालामा परीक्षणलाई तीव्रता दिएको उपप्रमुख आलमले जानकारी दिए। यस्तै, महानगरभित्रका अस्पतालहरूको नियमित अनुगमन भइरहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी गराए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, स.प्र.जि.अ. सुमन कुमार कार्की, नारायणी अस्पतालका मे.सु. डा. चुमन लाल दास, जिल्ला प्रहरी कार्यालयका प्र.ना.उ. किशोर लम्साल, वीरगंज महानगरपालिकाका प्रशासन महासाखा प्रमुख सुनिल कुमार कर्णलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...