15 September ,2025,Monday

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुग्यो, कर्फ्यु जारी

काठमाडौं २२ भदौ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एक/एक जना तथा त्रिवि शिक्षण अस्तपतालमा एकजनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो । स्वतःस्फूर्त सडकमा उत्रिएका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै संसद भवनभित्रै प्रवेश गरेका थिए । उनीहरुले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र पानीको फोहोरा पनि प्रहार गरेको थियो ।
स्थिति तनावग्रस्त भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु जारी भएपछि सेनाको टोली सडकमा आएको छ । तर पनि प्रदर्शनकारी रोकिएका छैनन् ।
नयाँबानेश्वर क्षेत्र अहिलेसम्म पनि तनावग्रस्त छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...