21 November ,2025,Friday

वीरगंजमा निषेधाज्ञा जारी

वीरगंज, २३ भदौ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभित्र आज बेलुकी ९ः०० बजेदेखि भोलि बिहान ९ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला, बैठक वा धर्ना गर्न पाइने छैन। साथै अनावश्यक आवतजावतमा पनि रोक लगाइएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रहरू यसप्रकार छन्ः

१. पूर्व: बाईपास रोड

२. पश्चिम: सिरिसिया पुल

३. उत्तर: गण्डक चौक

४. दक्षिण: शंकराचार्य गेट

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हस्ताक्षरित आदेशअनुसार उल्लंघन गर्नेहरू माथि कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...