वीरगंज, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले सरकारले जेनजी आन्दोलनमा १९ जना युवा विद्यार्थीहरूको हत्या गर्दा पनि पर्सामा रहेका अन्य राजनीतिक दल मौन बस्नु निन्दनीय रहेको बताएका छन् । मुलुकमा यत्रो नरसंहार मच्चिदा समेत अन्य राजनीतिक दलले मौनता साध्नु गलत भएको सभापति हरि पन्तले बताए । पन्तले अहिले सरकारले मच्चाइरहेको ताण्डव, हत्या र बर्बर दमनका विरूद्ध सबै देशभक्त नेपालीहरू दलगत स्वार्थ भन्दा एक कदम माथी उठेर बिरोध गर्नुपर्ने बताए । सभापति पन्तले सरकार अझै दमनमा उत्रिए रास्वपा सरकारका विरूद्ध प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सोमवार पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेटी तत्काल सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउनका निमित्त प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।