9 September ,2025,Tuesday

वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

पर्सा, २४ भदौः जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ ।
वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ः०० बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ः०० बजेसम्मको लागि बढाइएको हो ।
सोमबार राति ९ः०० बजेदेखि आज बिहान ९ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ः०० बजेदेखि अपराह्न ६ः०० बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिनुभयो । “हिजो बेलुका ९ः०० बजेदेखि आज बिहान ९ः०० बजेसम्म लगाइएको कर्फ्यू आदेश जारी भएको थियो,” उहाँले भन्नुभयो, “यहाँको शान्तिसुरक्षाको अवस्था सहज नभएकाले निषेधाज्ञाको अवधि बढाइएको छ ।”
प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...