10 September ,2025,Wednesday

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिनुभयो । ‘‘आज बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेका थियौँ । तर, यहाँको अवस्था सामान्यतर्फ उन्मुख नभएसँगै कर्फ्यूको समयावधि थप गरिएको हो ।’’
प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्य गेट लगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी कर्फ्यू आदेश जारी गरिएको बताउनुभयो ।
प्रशासनले कर्फ्यू लगाए पनि यहाँका जेनजी समूहले भने विभिन्न सरकारी कार्यालय र राजनीतिक दल तथा नेताको घरमा आगजनीका घटना भने रोकिएका छैनन् । प्रदर्शनकारीले नेपाल टेलिकम वीरगञ्ज कार्यालय, आन्तरिक राजस्व कार्यालय वीरगञ्ज, वीरगञ्ज महानगरको कार्यालयमा आगजनी गरेका छन् । त्यसैगरी पर्सा जिल्ला प्रतिनिधिसभाका सांसद तथा राजनीतिक दलका नेताहरूको घरहरूमा पनि आगजनीका घटना भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...