11 September ,2025,Thursday

चारजना कैदी गोली लागेर घाइते, फरार ७८ जना बालकैदी पक्राउ

वीरगंज, २५ भदौं । वीरगंज कारागारको पर्खाल भत्काएर भाग्ने क्रममा चारजना कैदीलाई नेपाली सेनाले गोली हानेर घाइते बनाएको छ ।
वीरगंज कारागारका कैदीहरूले कारागारको पर्खाल फोडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यही प्वालबाट कारागारभित्र गोली चलाएको थियो ।
सेनाले चलाएको गोली लागेर कैदीहरू विकास जयसवाल, विकास लामा, सन्जिव साह र राजा कुमार घाइते भएका छन् । घाइते चारै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
वीरगंज कारगारलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारैतिरबाट घेरामा लिएर अवस्था नियन्त्रणमा लिएको छ ।
यसैगरी, वीरगंज–४ विर्तामा रहेको बाल सुधार गृहबाट १४६ बाल कैदीहरू मंगलवार राति देखि भागेकोमा तीमध्ये ७८ जनालाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगंजका विभिन्न स्थानबाट फरारमध्येका ७८ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मिश्रले बताए । फरार ६८ जनाको खाजी भइरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...