12 September ,2025,Friday

जेन्जी आन्दोलनमा वीरगंजका असहाबको मृत्यु

वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुर्ई गोली लागेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव वीरगंज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन। दुर्ई महिना अघि मात्रै विवाह गरेका आलम पाँच दाजुभाइमध्ये साईला थिए। आलम काठमाडौंमा अध्ययनसँगै पठाउको काम गर्दै आएका थिए। आकस्मिक निधनपछि परिवार र गाउँँमा शोकको वातावरण छाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...