17 September ,2025,Wednesday

एसियाडमा चार सय ३४ खेलाडीको नाम दर्ता

काठमाडौँ, १ असोजः जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरिएको छ ।
अन्तरराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९ पुरुष खेलाडी २०औँ एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको उल्लेख छ ।
एसियाडका लागि खेलअनुसार खेलाडीको दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १६ सम्म थियो । त्यसमा ओलम्पिक कमिटीले यसअघि दर्ता गरिएको खेलमा दुई खेल थप गरेर ३२ खेलको खेलाडीका नाम दर्ता गरेको एनओसीले जनाएको छ ।
यससम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पटकपटक पत्राचार गर्दा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट खेलाडीको सङ्ख्याका बारेमा कुनै जानकारी प्राप्त नभएपछि पहिला दर्ता गरिएका ३० वटा खेलसँग सम्बन्धित सङ्घबाट सम्भावित खेलाडीको सङ्ख्या उपलब्ध गराएको जनाइएको छ ।
सोही अनुसार हिजो आयोजक कमिटीमा ‘इन्ट्री बाई’ नम्बर प्रक्रिया सम्पन्न भएको कमिटीका महासचिव राजीव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि ओलम्पिक कमिटीले ३० खेलको नाम दर्ता गरेको थियो । त्योबेला नाम दर्ता नभए पनि खेलाडीको नाम दर्ता गर्दा फुटबल र तेक्वान्दोको खेलाडीको नाम पनि थप गरिएको थियो ।
एसियाडमा दर्ता गरिएको खेलमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस्, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोर्टस्, गल्फ, हकी र जुडो छन् ।
त्यसैगरी, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस् क्लाइम्बिङ, स्कावास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती र उसु छन् । पछि थप गरेको खेलमा तेक्वान्दो र फुटबल रहेको छ । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...