वीरगंज, २ असोज । जिल्ला प्रशासन कार्यालय पर्सा पर्सा जिल्लामा लगाइएको रात्रिकालीन कफर्यु हटाइएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्ष्Fा समितिले लगाएको रात्रिकालीन कफर्यु हटाउने निर्णय गरेको हो । महानगरपालिकामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लाग्दै आएको कफर्यु हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा उल्लेख छ । कफर्यु हटाइए पनि वीरगंज महानगरपालिकाका दुर्ई क्षेत्रलाई भने ‘दङ्गाग्रस्त क्षेत्र’ कायमै राखिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम ती क्षेत्रहरूलाई अर्काे आदेश नभएसम्म दङ्गाग्रस्त घोषित गरिएको छ। घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र सोको कम्पाउन्डभित्रको क्षेत्रलाई दङ्गाग्रस्त घोषित गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हस्ताक्षर गरेको सूचनामा शान्ति सुव्यवस्था कायम राख्नका लागि यो निर्णय गरिएको उल्लेख छ।
प्रतिक्रिया लेख्नुहोस् ।