19 September ,2025,Friday

अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ।
बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो। जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको सक्रियतामा शुक्रबार बिहान उक्त बाघलाई नियन्त्रणमा लिन सफल भएको हो।
यसअघि पटक–पटक प्रयास गरिए पनि बाघ नियन्त्रणमा आउन नसकेपछि स्थानीयवासी त्रसित बनेका थिए। अमलेखगञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गर्ने घटनाले जनजीवन असुरक्षित बनेको थियो।
बाघ समातिएपछि स्थानीयवासीले अब त्रास कम हुने विश्वास व्यक्त गरेका छन्। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा लैजाने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...