28 December ,2025,Sunday

दर्जनौं भ्रष्टाचार मुद्दामा मुछिएका पर्साको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी

वीरगंज ४ असोज । भ्रष्टाचार काण्डका दर्जनो मुद्दामा मुछिएको र कर्मचारी भित्र्र्र भ्रष्टाचार किंङ्ग‘ ले प्रख्यात व्यक्ति हुन पर्साको कालकिामाई गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरि । बजेट दुरुपयोग र करार कर्मचारी भर्ना बाट रकम उठाउने कार्यमा मिडियामा प्राय चर्चामा रहने गिरिलाई कार्यवाही गर्न आवाज उठेको छ । कालिकामाई गाउपालिकाका नयांपुस्ता आन्दोलनले कहिलै कार्यालय नआउने र स्र्कापियोको भाडामा मात्र एकलाख खर्च गर्ने गिरिलाई कार्यवाही गर्न मांग गरेको छ । गिरि कालिकामाईमा बिगत तिन आर्थिक वर्षदेखी छन,तर आज सम्म उनले कुनै प्रकारको पारदर्शिता अपनाएका छैन्न ।

पालिकाको वेबसाइट अपडेट छैन,सार्वजनिक सुनवाई वां अन्य कुनै माध्यमबाट आम्दनी खर्च सार्वजनिक गरेका छैन्न । गिरीको गैरजिम्मेवार रवैयाले स्थानीय शासनमा गम्भीर संकट उत्पन्न भएको छ। तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेका गिरीमाथि आर्थिक पारदर्शिता, स्रोतको दुरुपयोग र प्रशासनिक लापरवाहीको गम्भीर आरोप स्थानियको छ ।
स्थानिय तह स्थापना भएपछि उनि अधिकृत भएर पर्सा बाहिर गएका छैन्न । २०७० देखी ८० सम्म एमाले निकट निजामती कर्मचार संगठनको पर्सा अध्यक्ष रहेका कारण केन्द्रिय कर्मचारी संगठनका नेताहरुको चाकडीले जिल्ला बाहिर उनि गएन्न । आलोपालो गरि पर्साको ५ वटा स्थानिय तह पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी र हाल कालिकामाई गांउपालिकाको प्रमुख रहेका छन । उनि प्रमुख भएको पालिका छाडदा लेखाजोखा दिदैन्न ।
यस्ता छन, गिरिका ठुला काण्ड

२०७० देखि हाल सम्म चर्चामा रहेका गिरिका भ्रष्टाचार काण्डहरु

१.जिल्ला हुलाक कार्यालय ,पर्साको लाखौ भाडा आउने जग्गालाई कमिशनको भरमा कौडीको भाउमा लिजमा दिएको ।
२.कोरोना कालमा जगरनाथपुर गाउपालिकामा हुदा बनदेवी सप्लायर्सको नाममा मास्क,सेनटिाइजर र चामल वितरणमा अढाई करोड निकासा गरेको । तर सामान वितरण नभएको कारण अख्तियारमा मुदा छानबीनको क्रममा रहेको ।
३. जिराभवानी गाउपालिकामा हुदा अजुन निर्माण सेवाको नाममा कामै नभएको नदी नियंत्रणको योजना देखाई एक करोड भुग्तानी हाल अख्तियारमा छानबीन भइरहेको
४.पोखरिया नगरपालिकामा रहदा गिरिले अर्जुन निर्माण सेवा र बनदेवी सप्लायर्सलाई ७ करोडको गोप्य टेन्डर दिएर २० प्रतिशतको दरले १ करोड ४७ लाख अग्रीम भुगतानी दिएको । हाल महालेखा परिक्षणले सो रकम बेरुजु भन्दै असुल गर्न निर्देशन गरेको ।
५.बन्दिवासनी गाउपालिकामा रहदा गिरिले २२ जना कर्मचारी भर्ना बाट ४४ लाख तथा तालिम गोष्ठी संचालन नै नगरि कर्मचारीलाई दिएको लाखो रकम पेश्की असुल उपर गर्न महालेखाको प्रतिवेदनमा देखिएको ।
६. बिगत तिन वर्षदेखि कालिकामाईमा रहदा मोबाइल, एसी, कुलर, लगायतका बिलासी वस्तु खरिदमा १ करोड ३० लाख खर्चमा छानबीन भइरहेको । त्यसैगरि गाडी भाडा ,र अन्य खरिद तथा योजनामा करौडो भ्रटारचारको आरोप लागेको ।

स्कार्पियो चढ्ने, कार्यालय नजाने 

सबैभन्दा चिन्ताजनक पक्ष के देखिएको छ भने, प्रशासकीय अधिकृत गिरी वर्षभरिमा पाँच–छ पटक मात्र कार्यालय पुग्ने गरेका छन् । तर, उनी प्रयोग गर्दै आएको स्कार्पियो गाडीको मासिक एक लाख रुपैयाँ भाडा भने गाउँपालिकाको बजेटबाट नियमित तिरेको पाइन्छ । कार्यालय नगइकन पनि सार्वजनिक स्रोतको दुरुपयोग गर्नु भ्रष्टाचारको प्रत्यक्ष प्रमाणका रूपमा हेरिएको छ।

सुशासन निर्देशिका कागजमै सीमित

२०७९ सालमा जनदबाबपछि जारी गरिएको “सुशासन निर्देशिका” कार्यान्वयनमा लापरवाही देखिएको छ। पारदर्शिता, जवाफदेहिता र स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित ल्याइएको १९ बुँदे कार्ययोजनालाई व्यवहारमा उतार्ने कुनै प्रयास भएको देखिँदैन।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल