28 December ,2025,Sunday

दुर्गा पूजा सेवा समिति रानीघाटद्वारा २५औ पटक खुल्ला रक्तदान कार्यक्रम, ३ महिलासहित १०५ जनाले गरे रक्तदान

वीरगंज ४ असोज । दुर्गापुजा सेवा समिति रानीघाटले शनिवार २५औ पटक खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । रानीघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेको दुर्गा पूजा सेवा समिति रानिघाटका अध्यक्ष शतिश सिंह राजपुतले जानकारी गराएका छन् ।
उनकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज माहानगरपालिका वडा ९ का वडाअध्यक्ष जवाहर प्रसाद गुप्ता, रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल, वडा सदस्यहरू रामप्रसाद चौहान, गिता मानन्धर, सोनी पासवान, लालबाबु सराफ, समाजसेवी गोपाल रौनियार, सदस्य समाजसेवी दिनानाथ रौनियार, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, लगायतको सहभागीतामा रहेको थियो ।
कार्यक्रममा सोनी पासवान, सुदामा देवी गुप्ता, सुषमा सिंह राजपुत, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, राहुल सिंह राजपुत, राम जि साह, मुकेश ठाकुर, अतुल सिंह, रितेश सुवेदी, रहमत अन्सारी, प्रीन्स कलवार, नसिब अन्सारी, मनि कुमार मिश्र, दिपेश कुमार कर्ण, मोहम्मद सिकन्दर अन्सारी, दिपेन्द्र राज, अमृत सागर पौडेल, कृष्ण यादव, सजन चौधरीलगायतले अमुल्य रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष गुप्ताले वीरगंजमा रगतको कमी भएको समयमा रक्तदान कार्यक्रमको आज २५औ पटक गरेकोमा दुर्गा पुजा समिति परिवारको प्रसंशा गरे । अध्यक्ष सिंहले दुर्गापुजा सेवा समितिले बार्षिक रूपमा २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने क्रममा आज २५ औ सिल्बर जुबली रक्तदान कार्यक्रममा सहयोगी हातहरूलाइ धन्यवाद ब्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल