17 July ,2026,Friday

अन्तरिम सरकारलाई जेन–जे आन्दोलनकारीद्वारा ध्यानाकर्षण पत्र

अभिलाष गुप्ता

वीरगंज ४ असोज । पछिल्लो समय देशका विभिन्न भागमा भड्किएका आन्दोलनका कारण मुलुक अस्थिर अवस्थामा पुगेको सन्दर्भमा जेन(जे आन्दोलनकारी समूहले अन्तरिम सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेपालको प्रवेशद्वारका रूपमा चिनिने वीरगञ्जले हरेक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्दै आएको तथ्यलाई स्मरण गराउँदै आन्दोलनकारीहरूले सरकारसमक्ष केही महत्वपूर्ण माग र चेतावनी सार्वजनिक गरेका छन्।

आन्दोलनकारीहरूले आफूहरूलाई धम्की, त्रास देखाउने, झूट्टा मुद्दा लगाउने जस्ता गतिविधि भइरहेका भन्दै तत्काल यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन्। साथै, मधेसमा भएको जेन(जे आन्दोलनको क्रममा घुसपैठ, हत्या, हिंसा, आगजनीजस्ता घटनामा संलग्न पक्षको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ। तर, छानबिनको नाममा आन्दोलनकारीहरूलाई झूट्टा मुद्दा लगाएर फसाउने कार्य नगर्न चेतावनीसमेत दिइएको छ।

ध्यानाकर्षण पत्रमार्फत आन्दोलनकारीहरूले पाँचवटा प्रमुख माग राखेका छन् प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख व्यवस्था हुनुपर्ने।राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा विज्ञलाई जिम्मेवारी दिनुपर्ने।दलीय पेशागत संगठनहरू खारेज गर्नुपर्ने।अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) खारेज गरी ‘नागरिक आयोग’ गठन गर्नुपर्ने।निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने।

श्भ्ल् श् आन्दोलनकारीहरूले आफ्ना जायज मागहरू पूरा नभए आन्दोलन अझ कडा रूपमा अघि बढाइने चेतावनीसमेत दिएका छन्। सुधीर पटेल, वीरेन्द्र कान्त, महादेव कुर्मी, वसीम सेख, सञ्जय श्रेष्ठ, सेख जमसेद, सागर यादव, मुकेश यादव लगाएतकाहरुले ध्यानाकर्षण पत्र बुझाएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...