6 October ,2025,Monday

संविधान संशोधन आवश्यकता विषयक अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज ४ असोज । “नेपालको संविधानमा संशोधन आवश्यकता” शीर्षकमा वीरगंज स्कुल अफ लमा विशेष अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा BALLB अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा सबै प्राध्यापकहरूको सहभागिता रहेको थियो। संविधान कार्यान्वयनको एक दशक पुरा भएको अवसरमा “संविधान कार्यान्वयनको एक दशक स् उपलब्धि, चुनौती र युवाको भूमिका” विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता वीरगंज स्कुल अफ लका क्याम्प प्रमुख अधिवक्ता चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो। उहाँले संविधानलाई युगीन आवश्यकता अनुरूप परिमार्जन गर्दै लैजानु आजको आवश्यकता रहेको भन्दै विद्यार्थी तथा युवा पुस्ताले सुधार र कार्यान्वयनको प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा सहभागी विद्यार्थीहरूले संविधानका उपलब्धि, चुनौती तथा संशोधनका विषयमा आफ्ना विचार राख्दै, संविधानलाई समयानुकूल बनाएर युवा पुस्ताको सपना साकार गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम दीप प्रज्वलन सहित सम्पन्न भएको थियो, जसले संविधानप्रति सम्मान र प्रतिबद्धताको प्रतीकात्मक सन्देश दिएको आयोजकहरूले जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...