28 December ,2025,Sunday

वीरगंजमा घटस्थापनाको अवसरमा पिक्स लेन्सद्वारा टि–शर्ट सहयोग तथा निःशुल्क फोटो–भिडियो सेवा दिने घोषणा

अभिलाष गुप्ता

वीरगंज, ६ असोज । दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा पर्सा जिल्ला, बिरगंजस्थित पिक्स लेन्सले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ। समितिका पदाधिकारीहरूलाई एक विशेष कार्यक्रममार्फत टि–शर्ट हस्तान्तरण गरिएको हो।

यस अवसरमा आयोजित भव्य कलश यात्रामा ५०० भन्दा बढी भक्तजनहरूको सहभागिता रह्यो। भक्तजनहरूले घटस्थापनाको दिन बिहानै दुर्गा माताको जयघोष गर्दै नगर परिक्रमा गरेका थिए। समितिले यस वर्ष पनि आफ्नो क्षेत्रमै दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क पूजा–अर्चना तथा सेवा प्रदान गरिरहेको छ।

नव दुर्गा पूजा सेवा समितिका पदाधिकारीहरूले पिक्स लेन्सलाई प्रदान गरिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्ता सहकार्यहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

पिक्स लेन्सका सञ्चालक सौरभ अग्रवालले दशैंको समयमा समितिको सम्पूर्ण कार्यक्रमहरूमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा प्रदान गर्ने निर्णय गरेका छन्। उनले यसलाई समाजसेवा र सांस्कृतिक संरक्षणप्रतिको आफ्नो योगदानका रूपमा लिएका छन्।

यस वर्षको दशैं विशेष कार्यक्रम नगवा दुर्गा पूजा समितिद्वारा मनाइनेछ। समितिले भक्तजनहरूलाई शान्ति, सद्भाव र सामाजिक एकताको सन्देशसहित दसैं पर्वलाई भव्य र सब्य गर्ने भएका बताए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल