28 December ,2025,Sunday

स्रोत नखुलेको ८ लाखबढी नगदसहित एकजना पक्राउ

वीरगंज ७ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाख सात हजारसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ भन्सार नजिकबाट सशस्त्र प्रहरी बल नं.१३ गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त सुरक्षा दलले नगदसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्र.स.नि. सुजय कुमार सिंह र महमद मुस्ताक अलीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नेरु १००० दरका नोट ५१५ वटा, नेरु ५०० दरका नोट ५७२ वटा, नेरु १०० दरका नोट ६० वटा गरी नेरु आठ लाख सात हजार रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पर्सा जिल्ला, सखुवापर्साैनी गाउँपालिका– ५ निवासी ४३ वर्षीय राजेश कुमार साह तेलीलाई पक्राउ गरेको छ । उनले नगदको वैध स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल