16 July ,2026,Thursday

नेशनल मेडिकल कलेजमा च्यारिटेबल फेस्ट

वीरगंज, ७ असोज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चेरिटेबल कल्चर फेस्ट एन्ड अवार्ड एफिलिएशन सेरमोनी सम्पन्न भएको छ। चिकित्सा शिक्षा मात्र नभई समाजसेवा, सिर्जनात्मकता र नेतृत्वलाई प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा मुख्य अतिथि प्रा.डा. जैनुदिन अन्सारी (अध्यक्ष, नेशनल मेडिकल कलेज) र विशिष्ट अतिथिका रूपमा शहनवाज अन्सारी (प्रबन्ध निर्देशक) को उपस्थितिमा भएको थियो । प्रा.डा. के. एन. सिंह (प्रिन्सिपल)ले अध्यक्षता गर्नुभएको कार्यक्रममा शैक्षिक निर्देशक डा. रूबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिंग निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष डा. रबीशंकर गुप्ता (उप–प्रिन्सिपल), नर्सिङ निर्देशक, उप–प्रिन्सिपल नर्सिङ, विभिन्न संकायका प्राध्यापक, विद्यार्थी र प्रशासनिक अधिकृतहरूको सहभागिता थियो ।
कार्यक्रममा स्वागत नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोप्र्सको वार्षिक प्रतिवेदन प्रस्तुति, पुरस्कार वितरण तथा चेक हस्तान्तरण जस्ता आकर्षक गतिविधिहरू गरिएको थियो । कार्यक्रमले उत्कृष्टता पहिचान, नेतृत्व विकास, सिनियर–जुनियर बीचको सम्बन्ध मजबुत बनाउने, सामाजिक उत्तरदायित्वप्रति जागरूकता बढाउने र विद्यार्थीलाई आत्मविश्वासी बनाउने अपेक्षा गरिएको आयोजक समितिको भनाइ छ । नेशनल मेडिकल कलेज चैरेटेबल सोसाइटीले विगतदेखि नै निश्शुल्क स्वास्थ्य परीक्षण शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधि, तथा विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...