17 July ,2026,Friday

सशस्त्र प्रहरी १३ नं. गण पर्साको विशेष अभियानमा रु.५ लाख बराबरको सामान बरामद

अभिलाष गुप्ता

वीरगंज, ७ असोज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थित नगवा पानी ट्याङ्कीमा रहेको बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी पैठारी गरेर कपडाहरु भण्डारण गरिएको विशेष सूचनाको आधारमा १३ नं. गण पर्साले आज बिहान ठूलो अभियान सञ्चालन गरेको छ।

प्र.सी.सु.गुल्म वीरगंजका स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना सुरक्षाकर्मी र वीरगंज भन्सार कार्यालयका ना.सु. सुवर्ण पौडेलसहित २ जनाको संयुक्त टोली खटिएको थियो। उक्त टोलीले स्थलमा पुगेर तलासी गर्दा अन्दाजी रु। ५,००,००० बराबरको कपडा तथा किराना सामान बरामद गर्न सफल भएको हो।

बरामद गरिएका सामानलाई कानूनी प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन्। यस कारबाहीपछि स्थानीय क्षेत्रमा भन्सार छलीका गतिविधिमा रोक लाग्ने र व्यापारी तथा सर्वसाधारणलाई कानूनी दायराभित्र व्यापार गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...