अभिलाष गुप्ता
वीरगंज, ०८ असोज । वीरगंज जेसीजको ५३ औँ स्थापना दिवसको अवसरमा परिवर्तनको लागि युवा नारासहित विशेष कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा Zen Z आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरूलाई सम्झना गर्दै “एक सहिद एक फूल” अभियान अन्तर्गत गमला वितरण कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ समाजसेवी पशुपति बिक्रम शाह,विशिष्ट अतिथी उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष हरि गौतम,समाजसेवी उषा शाह,अर्बिन्द श्रेष्ठ,मधु राणा लगाएतका विशिष्ट ब्यक्तिहरुको उपस्तिथि रहेको थियोे।
कार्यक्रम बुधबार मानवसेवा आश्रम, बिरगंज सिर्सियामा सम्पन्न भएको हो। कार्यक्रममा वीरगंज जेसीजका अध्यक्ष जेसी सरोज चौरसियाको नेतृत्वमा पुगेका पदाधिकारीहरूले ७५ थान गमला आश्रमका संस्थापक सदस्य देवेश प्रसाद गुप्तालाई हस्तान्तरण गरेका थिए।
अध्यक्ष चौरसियाले सहिदहरूको बलिदानलाई सम्झँदै युवा पुस्ताले समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी बोकेको बताए। उनले जेसीजको स्थापना दिवसलाई समाजमा योगदान दिने अवसरको रूपमा प्रयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
मानवसेवा आश्रमका संस्थापक सदस्य गुप्ताले जेसीजलाई धन्यवाद ज्ञापन गर्दै समाजमा जेसीजले गर्दै आएको योगदान प्रशंसनीय भएको बताए।
कार्यक्रममा जेसीजका पदाधिकारी, सदस्य तथा आश्रमका प्रतिनिधिहरूको उपस्थिती थियो। कार्यक्रमको अन्त्यमा सहिदहरूको सम्झनामा मौन धारण समेत गरिएको थियो।