वीरगंज, ९ असोज । बितेको ३ आर्थिक वर्षको कार्यभारमा रहेको अमित गिरीले पालिकावासीलाई आम्दनी र खर्च विवरण सार्वजनिक गर्न किन नचाहेका होलान ? यो प्रश्न उनको नियतमाथि शंका जन्माएको छ । यदि उनि इमानदार छन भने, जनताको रकम कसरी खर्च भएको छ , त्यसको जानकारी दिन किन लुक्दै आएका छन ? यस्ता प्रशनहरुको जवाफ पालिकावासीले हाल खोज्दै छन । तर गिरी कार्यालयबाट फरार रहेका छन ।
पालिकाको परिषद यता गिरी कार्यालय गएका छैन्न , उनि भुमिगत रहेर कार्यालयको खरिद ,बजेटको सम्झौता तथा खाता संचालनको कार्य गर्दै आएका छन । जेनजी पुस्ताले गरेको भ्रष्टाचार विरुद्धको आन्दोलनले जनताको सेवा प्रदानमा कार्यालयबाट हुने वेथितीको अन्त गर्दै वर्तमान सरकारले विभिन्न निर्णय गर्दापनि त्यो गिरीलाई छोएको छैन । उनि कार्यालय नगएको तिन महिना भन्दा बढी भएको छ ।
कार्यालय जादा जनताले हिसाब खोज्छन ,भने डरले उनि भुमिगत भएर कार्य गरिरहेका छन । जेनजी आन्दोलन पछि बनेको नागरिक उत्रदायी सरकारले गिरीलाई जिम्मेवार बनाउन सकेको छैन ।
भ्रष्टाचार काण्डका दर्जनो मुद्दामा मुछिएको र कर्मचारी भित्र भ्रष्टाचार माफियाले प्रख्यात व्यक्ति गिरी कालिकामाई सहित पर्साको ५ वटा स्थानिय तह पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी गांउपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहेर दजर्नो भष्टाचार कसुरमा अख्तियारमा अनुसंधानको क्रममा छन ।
बजेट दुरुपयोग र करार कर्मचारी भर्ना बाट रकम उठाउने कार्यमा माहिर गिरीको वर्तमान सरकारले सम्पती र भ्रष्टाचार काण्ड छानबीन गरि कार्यवाही नगरे नागरिक स्तरबाट कार्यवाही गर्न कालिकामाई पालिकावासीले जनाएका छन ।



