वीरगंज, ९ असोज । एकातिर महालेखा परिक्षणको प्रतिवेदनमा कालिकामाई गांउपालिकाले आन्तरिक लेखा परिक्षण नगर्नु र बजेट खर्च सार्वजनिक नगरेकोमा जिम्मेवार हुन पालिकालाई निर्देशन गर्दै आएको छ । तर अर्कोतिर गिरीले पालिकामा कार्यरत स्थाई अडिटर (लेखापरिक्षक) को जिम्मेवारी नै खोसेर आन्तरिक परिक्षण गर्न दिएका छैन्न ।
कालिकामाईमा सुरेश यादव लेखापरिक्षकको रुपमा कार्यरत हुदापनि उनलाई गिरीले जिम्मेवारी दिएका छैनन । यादवले तलब मात्र बुझेर बिनाकामको पालिकामा समय व्यतित गर्दै आएको एक कर्मचारीले जनाए । पालिकामै हरहिसाबको परिक्षण कार्य हुन थालेपछि आफ्नो पोल खुल्ने डरले कार्यालय प्रमुख गिरीले यादवलाई काम विहिन बनाएर खर्चमा मनोमानी गरिरहेको कर्मचारीहरुमा चर्चा छ ।