अभिलाष गुप्ता
वीरगंज, १० असोज । एलाईड युथ सोसाइटी वीरगन्जको आयोजनामा माईस्थान मन्दिर परिसरमा आज निःशुल्क प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ८ सय जना सर्वसाधारणले प्रसाद ग्रहण गरेका थिए।
कार्यक्रमलाई सफल बनाउन सोसाइटीका पदाधिकारी तथा स्वयंसेवक सक्रिय देखिएका थिए। प्रसाद वितरणको अवसरमा भक्तजनहरूले माताजीको आराधना गर्दै सामूहिक रूपमा प्रसाद ग्रहण गरेका थिए।
एलाईड युथ सोसाइटी वीरगन्जका संस्थापक अध्यक्ष ओम कुमार झाले भने हाम्रो यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन र हाम्रो उत्कृष्ट टोलीलाई हार्दिक आभार व्यक्त गर्दछु। माताजीको दिव्य आशिर्वादले सबै कुरा सुन्दर र व्यवस्थित ढंगले सम्पन्न भयो।
उनले अझै भने समाजमा धार्मिक, सामाजिक र सांस्कृतिक चेतना फैलाउन यस किसिमका कार्यक्रमहरू निरन्तर गर्दै जाने हाम्रो प्रतिबद्धता छ।
कार्यक्रममा स्थानीय समुदायका महिला, पुरुष, बालबालिका र वृद्धवृद्धाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थितहरूले यस प्रकारका धार्मिक तथा सामाजिक गतिविधिहरूले समाजमा आपसी सद्भाव र एकता बलियो बनाउने बताएका थिए।