17 July ,2026,Friday

पूर्व मन्त्री प्रदीप यादवद्वारा वीरगंजमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

शैलेश गुप्ता

वीरगंज, १३ असोज । प्रत्येक वर्षझैँ यस वर्ष पनि वीरगंजस्थित भगवती श्री राधेमाई मन्दिरको पवित्र प्राङ्गणमा बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत अनुष्ठान स्वरूप फूलपाती भित्र्याइएको छ।

पूर्व मन्त्री प्रदीप यादवले शास्त्रीय विधिपूर्वक शुभ साइतमा फूलपाती भित्र्याएका हुन्। यस अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा मन्दिर परिसरमा धार्मिक विधि सम्पन्न गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा भक्तजनहरूले पूजा–अर्चना गरी देवी भगवती श्री राधेमाईको आशीर्वाद प्राप्त गरेका थिए।

पूर्व मन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने कामना व्यक्त गर्दै शुभकामना दिएका छन्।

यसरी परम्परागत विधिअनुसार फूलपाती भित्र्याइँदा वीरगंजको धार्मिक तथा सांस्कृतिक वातावरण उत्साहपूर्ण बनेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...