6 October ,2025,Monday

हत्याको आरोपमा ‘दरिन्दे खुंखार समूहका पाँच जना पक्राउ

वीरगंज, १६ असोज । शिवम (गोल्डेन) साह कानुको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय, पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी गत असोज १४ गते राति दशैंको अष्टमीका दिन वीरगंज महानगरपालिका वडा नं. १०, गीता मन्दिर नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । बारा जिल्ला परवानीपुर गाउँँपालिका वडा नं. ९ भइ हाल वीरगंज–१० मा बस्दै आएका गोल्डेनको हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी हुन् । आफूलाई ‘कुख्यात प्रदर्शन गर्ने (ग्याङस्टर) बताउने युवाहरूको होडबाजी र पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण गोल्डेनको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वीरगंजमा दशैंको मेला लाग्ने क्रममा गत असोज १४ गते राति करिब ११ः३० बजे अपरिचित व्यक्तिहरूबीच झैझगडा भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय शिवम साह कानू (गोल्डेन)लाई तत्काल नारायणी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा राति ११ः५० बजे उनलाई मृत घोषणा गरिएको थियो । प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ। घटनाको दिन गोल्डेन गहवामाईको मेला हेर्न गएको मौका छोपी पुरानो रिसइबी साध्नका लागि विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर आक्रमण गरेका थिए। प्रहरीका अनुसार आरोपीहरूले हात, मुक्काका साथै बाँसका भाटा समेत प्रहार गरी उनको हत्या गरेका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषण लगायतका प्रविधि प्रयोग गरेर आरोपीहरूको पहिचान गरेको थियो। पक्राउ परेका पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साबाट ‘ज्यानसम्बन्धी कसूर’ मा थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टमपछि मृतकको शव उनका बुवा राजन साह कानूले बुझी लगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...