6 October ,2025,Monday

बाढी–पहिरो पीडितलाई राहतको व्यवस्था गर्न सरकारसंग माग

कलैया, २० असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरून्त निर्माण गर्न तथा पीडितलाई आवश्यक राहत एंव क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बरैनियामा आयोजित अन्तरक्रियामा अध्यक्ष साहले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको स्वास्थ्य लाभ तथा सडकलगायतका भौतिक पूर्वाधारको पुनर्निर्माणमा सरकारले ढिलाइ नगरी तुरून्त राहत दिनुपर्ने माग गरेका हुन । देशैभरी बाढीपहिरो, डुबान, एंव नदीको कटानले नेपालीहरू पीडित भएका छन । गौर अहिले पनि डुबानमा छ । जनता घरवार विहीन भएका छन । कतिले ज्यान गुमाउनु परेको छ भने कति त बेपत्ता भएका छन । यस्तो अवस्थामा ढिलाइ नगरी सरकारले तत्काल राहत, पुनर्निर्माण एंव क्षतिपूर्ति दिनुपर्छ, आजपा अध्यक्ष साहले भने, बाढी पहिरोले पहाड देखि तराई–मधेसका नागरिक पीडित एंव दुखित भएकाले सरकारले उनिहरूलाई राहत, पुनर्बासका साथै क्षति भएका संरचनाको पुनर्निर्माण गर्न आवश्यक छ । तराई मधेसका जनता बाढी, डुबान एंव नदिको कटानले पीडित भएको बताउदै उनले बाली भित्र्याउने बेलामा किसानले ठूलो क्षति व्यहोर्नुपरेकाले किसानलाई राहत एंव क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...