6 October ,2025,Monday

वीरगंजमा आज दोस्रो दिन पनि बाढीपीडितका लागि पोसिलो खाना वितरण

अभिलाष गुप्ता

वीरगंज, २० असोज । वीरगंजमा आज दोस्रो दिन पनि बाढीपीडितका लागि पोसिलो खाना वितरण गरेको छ। उक्त अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका कार्यालय प्रमुख तोय नारायण सुबेदि,जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल,सोसाइटीका स(सचिव बिजय कुमार बल, सदस्य अनिल जैसवाल लगायतका सहयोगमा आइतबार देखि बाढी पीडितहरू लाई बिहान र बेलुकी दुई छाक पोसिलो खाना वितरण गर्ने कार्य सुरु गरिएको छ।

नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईका अनुसार आज दोस्रो दिन पनि २५० जनाका लागि खाना तयार गरी वितरण गरिएको हो। बिगत दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानहरूमा बाढीले घरबार बिहिन बनाएका परिवारहरूका लागि यो पहल गरिएको हो।

अध्यक्ष चौगाईले बाढीपीडितहरूको राहतका लागि आवश्यक परे यो अभियानलाई अझ व्यापक बनाउन पनि तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, समाजका स्वयंसेवकहरू निरन्तर रूपमा प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण र सहयोग कार्यमा संलग्न छन्।

यस मानवीय पहलले बाढीपीडितहरूलाई राहतका साथै सामाजिक सहकार्य र मानवीय संवेदनाको सन्देश दिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...