21 November ,2025,Friday

मानव बेचबिखन विरुद्ध विद्यार्थीमाझ सचेतना कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २० असोज । मानव बेचबिखन (ह्युमन ट्राफिकिङ) विरुद्ध सचेतना फैलाउने उद्देश्यले एस।एस।बी। ४७ औं बटालियन रक्सौलको एन्टी ह्युमन ट्राफिकिङ शाखा, प्रयास जुभेनाइल एड सेन्टर पूर्वी चम्पारण तथा स्वच्छ संस्था (NGO) को संयुक्त आयोजनामा कस्तुरबा बालिका उच्च विद्यालय परिसरमा विद्यार्थीमाझ सचेतना कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रमको अध्यक्षता एन्टी ह्युमन ट्राफिकिङ इन्स्पेक्टर विकास कुमारले गरे। उनले मानव बेचबिखनसम्बन्धी विस्तृत जानकारी दिँदै विद्यार्थीहरुलाई सचेत रहन आग्रह गरे। शिक्षामा ध्यान दिनुका साथै सोशल मिडियामार्फत अनजान व्यक्तिहरूसँग सम्पर्क नगर्न र उनीहरूको लोभमा नपर्न सुझाव दिए।

त्यसैगरी, प्रयास जुभेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारीले बाल यौन शोषण, बाल विवाह, बाल श्रम र मानव बेचबिखन रोकथामबारे बालिकाहरुलाई जानकारी दिँदै भनिन्— “अनजान व्यक्तिको छलकपटमा पर्नुहुँदैन। उनीहरू प्रायः रोजगारीको प्रलोभनमा बालबालिकालाई विभिन्न ठाउँमा लिएर बेचबिखन गर्छन्, विशेष गरी सामाजिक सञ्जालमार्फत।”

उनीहरूले सबै बालिकाहरुलाई १८ वर्षभन्दा कम उमेरमा विवाह नगर्न र छोराहरूको हकमा २१ वर्षपछि मात्र विवाह गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै, बाल विवाह नगर्ने शपथ समेत दिलाइयो। साथै, यदि कतै बाल तस्करी, बाल यौन शोषण वा कम उमेरको विवाहको घटना देखेमा तुरुन्तै चाइल्ड हेल्पलाइन १०९८ वा प्रयास संस्था हेल्पलाइन नम्बर ९२८९६९२०२३ मा सम्पर्क गर्न आग्रह गरियो।

कार्यक्रममा स्वच्छ संस्थाका अध्यक्ष रञ्जित सिंहले विद्यार्थीहरुलाई “अभिभावकभन्दा ठूलो शुभचिन्तक कोही हुँदैन, त्यसैले पढाइमा ध्यान दिई भविष्य उज्यालो बनाऔं” भन्ने सन्देश दिए।

कार्यक्रमको धन्यवाद ज्ञापन विद्यालयका शिक्षक पवन किशोर कुशवाहाले गर्दै एसएसबी, प्रयास जुभेनाइल एड सेन्टर र स्वच्छ संस्थाप्रति आभार व्यक्त गरे। उनले भने— “यस्ता सचेतनामूलक कार्यक्रम विद्यालयमा बारम्बार हुनुपर्ने हो, यसले विद्यार्थीहरूलाई सचेत र सुरक्षित रहन मद्दत पुर्‍याउँछ।”

कार्यक्रममा एन्टी ह्युमन ट्राफिकिङ टिमका इन्स्पेक्टर विकास कुमार, खेमराज, अरविन्द द्विवेदी, आर्य लक्ष्मी, झिल्ली साहू, प्रयास जुभेनाइल एड सेन्टरकी आरती कुमारी, सामाजिक कार्यकर्ता राज गुप्ता, उमेशकुमार श्रीवास्तव, अजयकुमार, आशीषकुमार, स्वच्छ संस्थाबाट रञ्जित सिंह, साबरा खातुन लगायत सयौं विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
….

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...