31 October ,2025,Friday

लायन्स वर्ल्ड सर्भिस डे को अवसरमा ‘भिजन नेपाल’ संस्थाका बिद्यार्थीहरुलाई अध्ययन सामाग्री वितरण

अभिलाष गुप्ता

वीरगंज, २२ असोज । लायन्स वर्ल्ड सर्भिस डेको अवसरमा वीरगंजका विभिन्न लायन्स क्लबहरूले संयुक्त रुपमा सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रमअन्तर्गत वीरगंज बिर्तास्थित त्रिजुद्ध स्कुल परिसरमा रहेका ‘भिजन नेपाल’ संस्थाका बालबालिकाहरुलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यका साथ पेनड्राइभ, जुस तथा खाद्यान्न सामग्रीहरू वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता लायन पिन्की साह ले गरेकी थिइन्। कार्यक्रममा लायन राम बिहारी पाण्डे, लायन उमेश साह कानु, लायन विजय कुश्वाहा, लायन सलमा खातुन,आईज नेपालकी रुपशिला जैसवाल लगायतका लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले लायन्स क्लबले समाजसेवामा निरन्तर योगदान पुर्‍याउँदै आएको र विशेष गरी शिक्षाका माध्यमबाट भविष्यको उज्यालो निर्माणमा सहयोग पुर्‍याउने अभियानमा क्लब सदैव प्रतिबद्ध रहने बताएका थिए।

उक्त अवसरमा बालबालिकाहरूले पनि आफ्ना अनुभव बाँड्दै वितरण कार्यक्रमप्रति खुशी व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...